२०८२ माघ २६ सोमबार
२०८२ माघ २६ सोमबार

जेन जीको कलर रिभोलेशन

झपेन्द्रराज बैद्य

राज्यको ज्यादती, भ्रष्टाचार र लोकतन्त्र समाप्तपार्ने के पी वलीको षड्यन्त्र बिरुद्ध जेन जेड १६ बर्ष देखि २८ बर्षसम्मका युवाहरु यही भाद्र २३ गतेका दिन सडकमा ओर्लिएका हुन ्। यो कलर रिभोल्यूशन हो अर्थाात सडक आन्दोला । ग्लोबल डिपोटमा खारिएर निडर रुपमा सडक तताएका युवा हुन् जेन जेड । अलि साना पुस्ता अल्फा । अती भए पछि खती हुन्छ भन्छन् । देशमा ब्याप्त भ्रष्टाचार भए पछि यु एन्ले नेपाललाई ग्रे लिष्टमा राखेको अवस्था छ । आफ्नो कालो कर्तुत देखिने त्रासले समाजिक सञ्जालमा प्रतिबन्ध लगायो फासीबादी वली सरकारले। तर जनताले मानेनन् । जनता सब भन्दा ठूला हुन् । वली सरकारले अख्तियार र अदालतलाई पनि आफ्नो नियन्त्रणमा राख्ने दुस्प्रयास गरेको हो । बालुवाटार, ललिता निवास गिरी बन्धु टि स्टटेतथा अन्य ठाउँहरुमा जग्गा आफ्नो नाममा गराएर राख्ने र वाइड बडी, प्रिंटिग प्रेस आदिमा भ्रष्टाचार गरेको हो । अपुष्ट समाचार अनुसार कम्बोडियामा अरबौं पैसा राखेको अवस्था छ । रामले आफै भजन गाउदैनन् तर वली र उनको हनुमानले बिहान उठेदेखि बेलुकी सम्म वलीको गीत गाई नै रहे । २०४६ सालदेखि भ्रष्टाचारको पर्याय हो ओली । महाकाली यिनीहरुले नै बेचेर खाए । उनका झोलेहरुले मैले केही पद प्रतिष्ठा र सुरक्षा पाउँछु कि भनेर कालोलाई पनि सेतो भनेर बर्णन गरिरहे ।
अन्तमा देशै जुरुक्क उठ्यो ०८२ भाद्र २३ गते । यो ऐतिहासिक दिन एक ठाउँमा मात्र सिमित थिएन । चैत्रको डढेलो सल्किए जस्तै प्रत्येक जिल्लामा सल्कियो । तानाशाही सरकारले निहत्था माथि हजारौं गोली ठोक्यो । तर देश प्रेमी जेन जेड डराएनन् । छाति माथि गोली थापे । भाद्र २३ गतेका दिन १९ जना निर्दोष बिद्यार्थीले ज्यानको आहुती गरे । यो नेपालको इतिहासमै दुःखद घटना थियो । निहत्था कलेजबाट आउदै गरेका बिद्यर्थीलाई गोली हानेर पानी मुनिको ओभानो देखायो सरकारले । यस प्रकारको हत्याले अभिभावकलाई छोयो । आफ्रनो पढ्न गएको छोराको निधन भएको खबर सुनेर बाबु आमा आफन्त तथा देश बिदेशमा बस्ने नेपालीहरुमा आक्रोस पैदा भयो। थाम्न सकेनन् । अर्को दिन बिष्फोट भयो । यो दिन थियो भाद्र २४ गतेको दिन । आफ्ना साथीहरुको बिभत्स हत्या भएको दुःखद घडिमा बिद्याथीहरु नारालगाउदै भ्रष्ट नेताहरुको घर घर तथा पार्टी कार्यायालयमा पसी तोड फोड गर्न थाले भने अर्को पट्टी त्यस भीडमा घुसेर केही अराजक भीडले सिंह दरबार तथा सर्बोच्च अदालतलाई जलाउन थाले । सींह दरबार, मालपोत र अर्थ मन्त्रालय जलाउनु अराजक कार्या हो । यी नेपाल र नेपालीहरुको सम्पत्ती हुन् । आन्दोलन भनेजस्तो सिधा रेखामा जादोरहेन छ । ०६२÷६३ को आन्दोलनमा यती मारिएका थिएनन् । १९ दिनमा जम्मा १९ जना मारिएका थिए । बिदेशका सरकारहरुले २३ गतेको आन्दोलनलाई भ्रत्सना गरेका छन् । युएन, अमेरिका, चिन, जापान, भारत आदि देशहरुले सरकारको नागरिकको ज्यान लिने यस प्रकारको कार्यलाई घोर भ्रत्सना गरेका छन् । शान्तिको कामना गरेका छन् । मानब अधिकार आयोगले जतिगर्ने हो गर्न सकेन । जेन जेडको आन्दोलनमा होस् यात शब यात्रामा । मानब अधिकार सामेल भएको देखिएन । घाइतेलाई भेट गर्न पनि नगएको आभास हुन्छ । मानब अधिकार आयोग सबैको हो। यसले न्याय समानता र स्वतन्त्रताको प्रत्याभूति दिलाउनु पर्छ । जीवनको रक्षा गर्नु पर्छ । मानब अधिकारको घोषणा पत्र १९४८ को पालना गर्नुपर्छ । नागरिक तथा साँस्कृतिक स्वतन्त्रता १९६६ नागरिकले पाउनुपर्छ ।
नयाँ परिष्थितिमा राष्टूपतिले राजिनामा दिनुपर्छ । राज्यका सम्पूण अबयव खारेज गर्नु पर्छ । चुनाब नहुन्जेल संबिधान पनि खारेज हुनुपर्छ । अहिले अन्तरिम संबिधान बनाएर त्यही अनुसार काम गर्नु पर्छ । गणतन्त्र भन्ने नेताहरुको सुगारटाइ छ । जनगणतन्त्र हुनुपर्छ । खाशमा लोकतन्त्र त निस्तेज गरिन्छ भने गणतन्त्र देखावटी छ । प्रमको हुकुमी शासन हुन्छ भने गणतन्त्र को के अर्थ ? चुनाब हुन्छ भन्ने हो तर पैसावाको मात्र चुनाब हुन्छ । चुनाब देखावटी मात्र हो । पैसा नभएका नेताहरुले चुनाब जित्न सक्दैनन् । नेताहरुले मासुभात खुवाएर चुनाब जित्न सफल भएका हुन्छन् । मत गणनामा बाकस साटिन्छ । जनता बिकसित देशमा जस्तो चेतनशील छैनन् । बिदेशमा त घरैबाट अनलाइन भोटिंग हुन्छ ।
अब कार्यकारी प्रधान मन्त्रि हुनुपर्छ । संसदबाट मन्त्रि चुनिनुहुदैन । बिज्ञको आयोगबाट मन्त्रिहरु चुनिनुपर्छ । संसदले कानून बनाउने हो । बिद्यमान क्रान्तिबाट आएको सरकारले ६ महिना भित्र चुनाब गराउला भन्ने सन्देह छ । तर पनि समय केही बढाउन सकिन्छ । यही अन्तरिम सरकार र प्रधान मत्रिलाई पुर्वाग्रहले माओबादीबाट र भूटानी प्रकरणबाट सेफल्यायडमा आएका रामबहादुर बादलले अनागरिक सरकार भन्दा ताजुब लाग्छ । जनयुद्धबाट आईसके पछि उनी निर्बाचित भएर आएका हुन् वा सरकारमा बसिसके पछि चुनाबबाट आएका हुन् ? केपी वलीको सरकार त जानुथियो गयो पनि । यसमा धेरै युवाहरुले बलिदान दिएका छन् । पहिले जेन जेड भनेको को हुन् ? यसबारेमा अबगत हुनु आवश्यक छ । काम त राम्रो गरे तर रहश्य के छ ? भन्ने कुरामा जानुपर्छ । सार्वजनिक भएको भिडियो हेर्दा जेन जेड अमेरिकी बारबरा फाउण्डेशनबाट संचालित योजना हे । यसमा सीआईएको प्रमुख हात छ । जेन जेडका अगुवाले यो कुरा बताएका हुन् । अमेरिकाले पार्टीहरुको डलरमा बिक्ने लोभ लालसाले गर्दा एमसीसी लागू भएको हो । ब्याख्यात्मक भनेर टालटुल गरे । अहिले अमेरिकाले एमसीसीको नाममा कार्यालय खोलेर बसेको छ । एमसिए खोलेको अवस्था छ । अमेरिकी सेना बेरोक टोक आउदछन् । नेपाली सेनालाई तालिम दिन्छन् । यो कुरा नेपालीलाई सह्यहुदैन ।
अहिले नेपालमा सेनाले रोल खेलेर प्रम सुशीला कार्कीलाई प्रमको जिम्मेवारी दिएको छ । कर्फूलगाएर शान्ति कायम गरेको हो नेपाली सेनाले । राष्ट्रपति रामचन्द्र पौडेललाई संसद बिघटन गर्न लगाएको हो । यी कुराहरु सकारात्मक छन् । संकटमा सेनाले भूमिका खेल्नु पर्छ । तर पनि भाद्र २३ गते सेना किन मौन बस्यो ? एउटा प्रश्न छ । अहिले सम्म ७२ जनाको ज्यान गएको अवस्था छ । आन्दोलन पछि के गर्ने ? रोड म्याप छैन । चुनाबमा उनै भ्रष्टाचारी नेताहरु आउने हुन । हामी फेरि आउँछौं भनेर टाउको उठाई रहेका छन् । उनै इतिहासले रछ्र्रयानमा मिल्काएका नेताहरु आउने हुन् । यो बर्गीय लडाईं होइन । पुँजिबादी लडाइ हो । नेपालीले खोजेको समाजबादी यात्रा हे । बैज्ञानिक समाजबाद हो । तर पनि जनता धेरै असन्तुष्ट भइरहेको अवस्थामा केही परिवर्तन हुनु, सत्ता पलट हुनु नेपालीको तीब्र चाहना हो । यसबारेमा जेनजेड पुस्ता धन्यबादका पात्र बनेका छन् । पुरानो सँस्कार, पुरानो चिन्तनमा रोइलो त भैहाल्छ नि । एमालेका कार्यकर्तारुले जेनजेडका नेतालाई एक्लै आईरहेको अवस्थामा नयाँ बानेश्वरमा हमलागर्ने दुस्प्रयास गरेका थिए भन्ने सुनिन्छ । अब सबै तह संयमित हुन जरुरि छ । भाद्र २३ गते कलिला युवाहरुको निधन भएको छ । देशको जनक्ति हराएको छ । अब पनि नेताहरुमा सद्बुद्धि नपलाए भबिष्यमा यो भन्दा पनि ठूलो आँधिबेरी आउने छ । यसले सबै भ्रष्टाचारीलाई बढारेर लाने छ । अब जनतामा चेतना आई सकेको छ । एकै दिन प्रायः सबै जिल्लाहरुमा आन्दोलन हुनु यो कुनै संयोगको कुरा होइन । यो आन्दोलनलाई बचाएर राख्नुपर्छ । तर बिदेशीको डिजाइनमा होइन नेपालीको पहलमा हुनु अझ राम्रो हुनेछ । चन्द्रमा छुने लक्ष्य राख्नुपर्छ । बीर बलभद्र, अमर सिंहबाट पाठ सिक्नुपर्छ । अब तोफोड होइन, संहार होइन, संभारमा लाग्नुपर्छ । होनहार कलिला युवाले ज्यान गुमाए सबैलाई यो पंक्तिकारबाट हार्दिक श्रद्धान्जली ! सन्तप्त परिबारमा गहिरो समबेदना । युवाका परिबारलाई रोजगारी मिलोस् । यही कामना ।

प्रेस स्वतन्त्रता सेनानी ।
०२। ०६। ०८२

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।