२०८२ माघ २६ सोमबार
२०८२ माघ २६ सोमबार

उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता

काठमाडौँ । उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता भएको छ । बिहीबार उज्यालो पार्टी कार्यालयमा भएको एक कार्यक्रमकाबिच एकता भएको हो । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले हस्ताक्षर गरेका छन् । 

जेनजी आन्दोलनको क्रममा दाहिने खुट्टा गुमाएका पोर्तेलले जेनजी आन्दोलनको भावनालाई समेट्ने भन्दै पार्टी गठन गरेका थिए ।

उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिचकाे एकता भङ्ग भएसँगै समानुपातिकमा छुटेको छ । समानुपातिकमा छुटेको उज्यालोले राष्ट्रिय परिवर्तन पार्टीमा १७ जनाको नाम समावेश गरी पार्टी एकीकरण भएकाे हाे । 

पार्टी एकीकरण गरेसँगै पोर्तेललाई उज्यालो नेपाल पार्टीको उपाध्यक्ष दिएको छ । त्यस्तै,पोर्तेल पार्टीका सात जनालाई केन्द्रीय सदस्य र दुई जनालाई सचिवालय सदस्य दिने गरी समझदारी भएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।