२०८२ माघ २६ सोमबार
२०८२ माघ २६ सोमबार

नेकपाले गर्‍यो गजुरेल र दाहालसहित ७ जनालाई पार्टीबाट निस्काशन

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेल र महेश्वर दाहालसहित ७ जनालाई पार्टीबाट निष्कासन गरेको छ । सिन्धुली–२ मा राजन दाहाललाई उमेदवार बनाएपछि विद्रोह गर्दै नेकपाका नेता दाहालले उम्मेदवारी दिएका थिए। उनले पार्टीले उम्मेदवारी फिर्ता गर्न दिएको निर्देशन नमानेको भन्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरेका हुन् ।

लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएका नेता गजुरेलले पार्टी निर्णयविरुद्ध उभिँदै सिन्धुली-२ मा बागी उम्मेदवार खडा गरेपछि राजनीतिक माहोल तातेको हो। दाहाल  प्रेस सेन्टरका पूर्वअध्यक्षसमेत हुन्।

पार्टीका आधिकारिक उमेदवारविरुद्ध उमेदवार उठ्ने र तिनका समर्थक र प्रस्तावकलाई कारबाही गरिएको नेकपाले जनाएको छ । नेकपाले सिन्धुलीका गजुरेल र दाहालसहित दाङका कुलप्रसाद के.सी., उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहलाई कारबाही गरेका हुन्।

केसीले मेटमणि चौधरीविरुद्ध वागी उम्मेदवारी दिएका हुन्। यसैगरीधर्मनाथ साह नेकपाबाट टिकट नपाएपछि पार्टी छोडेर सिरहा-४ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

यता दाहालले विज्ञप्ति जारी गर्दै गौरवपूर्ण इतिहास बोकेको सिन्धुलीले कम्युनिस्ट आन्दोलनको मूल्यविहीनता, मुद्दा विहीनता र जुन प्रकारको पतनको दिशातिर लागिरहेको कम्युनिस्ट आन्दोलनलाई पुनः आदर्श दिने कामका लागि आफ्नो उम्मेदवारी रहेको बताए।  उनले भने, ‘सिन्धुलीको कम्युनिष्ट इतिहासको एउटा साक्षी बागी भएर उठ्नु पर्दा गद्दार भनिएला तर कम्युनिष्ट आदर्श छाड्न सक्दिनँ ।’ 

उनले राजनीतिक चरित्रबाट तल गिरेको नेतृत्वको विरूद्धको वगावत भएको दाबी गरेका छन्। ‘सिन्धुली प्रजातान्त्रिक आन्दोलनको प्रारम्भमा नै बर्माबाट मार्क्सवादमा दीक्षित भएर आएका योद्धा एसबी राईले बासुदेव श्रेष्ठ लगायतका पुराना पिढीसँग मिलेर कम्युनिस्ट आन्दोलन शुरू गरेको ठाउँ हो यो । जुन बेला कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी दिशामा खुम्चिरहेको थियो त्यो बेलामा यहाँ दावानल शुरु गर्न ३० को दशकमा ऋषि देवकोटा आजाद, दुर्गा सुवेदी, दलबहादुर रजन मगर, सीपी गजुरेल, हरिबोल गजुरेल, ईश्वरी दाहाल, रामप्रसाद राई लगायत थुप्रै अग्रजहरूले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने प्रयास गर्नुभयो । त्यसपछि ४० को दशकमा राम कार्की लगायतले पनि यो माटोमा वामपन्थी आन्दोलनलाई मलजल गर्ने महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।’ उनले भने, ‘४० को दशकको अन्तिमतिर त्यतिबेलाका नवयुवा महेन्द्र श्रेष्ठ, शेरमान कुँवर, मोहनचन्द्र गौतम, कमल देवकोटा र उहाँहरूलाई अभिभावकत्व दिने चित्रनारायण श्रेष्ठ, खड्ग देवकोटा, दीर्घराज श्रेष्ठ जस्ता थुप्रै नेताले सिन्धुलीलाई जनयुद्धको ब्याडको रूपमा विकसित गर्नुभयो । त्यही परम्परालाई पछ्याएर हामी अगाडि बढेका छौँ । हाम्रो यो अहिलेको कदम कुनै बार्गेनिङका निम्ति, केही पद हत्याउनका निम्ति अथवा कुर्चीमा जानका लागि चालिएको कदम विल्कुल होइन । यो त पद्धतिविहीन बनेको, पथभ्रष्ट भएको, राजनीतिक चरित्रबाट तल गिरेको नेतृत्वको विरूद्धको वगावत हो ।’

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।