२०८२ माघ २६ सोमबार
२०८२ माघ २६ सोमबार

सिरहा । लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले अन्त्येष्टि गरिएको छ । जिल्लाको गोलबजार नगरपालिका–३ जम्दहकी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाटै अर्कै परिवारले लिएर अन्त्येष्टि गरेको हो ।

गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझायो ।

रोजगारीको सिलसिलामा विगत दुई वर्षदेखि भारतको मुम्बईमा रहेका मृतकका आमाबुवा छोरीको मृत्युको खबर सुनेलगत्तै नेपाल फर्किए । आज बिहान छोरीको अन्तिम संस्कारका लागि शव लिन अस्पताल पुग्दा अस्पताल प्रशासनसँग बुझ्दा सोही समयमा सप्तरीकी अर्की एक समान उमेरकी किशोरीको शव परीक्षणका लागि अस्पतालमा राखिएको र ती किशोरीका परिवारले आइतबार झुक्किएर शव लिएको र सोही दिन अन्त्येष्टिसमेत गरिसकेको खुलेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले शव राख्ने क्रममा ‘कोडिङ’ नगरिएका कारण कर्मचारीबाट गल्ती भएको स्वीकार गरेका छन् । उनले भने, “यो अस्पताल प्रशासनको गम्भीर लापर्बाही हो, यसको छानबिन गरी दोषीलाई कारबाही गर्नेछौँ ।”

छोरीको अन्तिम पटक मुख देख्नसमेत नपाएपछि मृतकका बुबा पूर्णबहादुर बानियाँ भावविह्वल भए छ । उनले भने, “छोरीलाई समयमै बचाउन सकिएन, सास हुँदा देख्न पनि पाइएन, कम्तीमा लास त हेर्न पाइएला कि भनेर अर्को देशबाट आयौँ तर अस्पतालको लापर्बाहीले त्यो पनि सम्भव भएन ।”

शव हराएको विरोधमा आक्रोशित आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय गोलबजार घेराउ गर्नुका साथै लहान अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् । त्यसक्रममा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी दोषीलाई कारबाही र न्यायको मागसमेत गरेका छन् ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार पीडित परिवार, अस्पताल प्रशासन र सरोकार भएका पक्षबीच वार्ताको तयारी भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

काठमाडौं । नेपाली प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राख्दै विकास गरिएको नेपा: एप सार्वजनिक गरिएको छ। डिजिटल विज्ञहरूका अनुसार नेपाली एप्लिकेसनहरू मध्ये आकर्षक डिजाइन, प्रयोगकर्ता–मैत्री इन्टरफेस र उच्च सुरक्षाका कारण नेपा: एप विशेष बनेको छ। स्लो इन्टरनेटमा पनि सहजै चल्ने भएकाले देश–विदेशमा रहेका नेपालीका लागि यो एप उपयोगी रहने विश्वास गरिएको छ।

नेपा: एपमा सजिलो नेपाली पात्रो (पञ्चाङ्ग सहित) उपलब्ध छ। साथै, विश्वसनीय स्रोतबाट ताजा समाचार, आफूलाई मनपर्ने विषयअनुसार समाचार पढ्ने सुविधा, जिल्लागत समाचार तथा प्रयोगकर्ताको लोकेसनका आधारमा नजिकका घटनाक्रम (Near by News) तुरुन्तै प्राप्त गर्न सकिन्छ।

 

यस एपमार्फत देशभरका नेपाली एफएम रेडियो सुन्न सकिने व्यवस्था छ। मनोरञ्जन र जानकारीका लागि नेपाली भिडियो तथा रिल्स पनि समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई एउटै प्लेटफर्ममा समाचार, सूचना र मनोरञ्जनको अनुभव दिन्छ।

 

डिजिटल युगमा नेपाली भाषामा भरपर्दो सामग्री खोज्ने प्रयोगकर्ताका लागि नेपा: एप एक प्रभावकारी समाधानका रूपमा आएको छ। एप सरल, छिटो र सुरक्षित भएकाले सबै उमेर समूहका प्रयोगकर्ताले सजिलै प्रयोग गर्न सक्नेछन्। नेपा: एप अहिले नै डाउनलोड गरेर नेपाली समाचार, रेडियो र डिजिटल सामग्रीको सहज अनुभव लिन सक्नुहुन्छ।

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै संगठित सदस्यलाई एक पत्र लेखेका छन् । अध्यक्ष ओलीले हिजो साँझ पार्टीलाई ६ लाख ६३ हजार सदस्यलाई नै पत्र पठाउँदै प्रतिनिधिसभामा एमालेका उम्मेद्वारहरुलाई विजयी गराउन आग्रह गरेका हुन् । 

पत्रमा अध्यक्ष ओलीले आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धेकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने बीचको हार जितको फैसला गर्ने उल्लेख छ । उनले देश निर्माणका लागि एमालेलाई बहुमतको आवश्यकता रहेको पत्रमा उल्लेख गरेका छन् ।

‘देश निमाणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ’ अध्यक्ष ओलीले पत्रमा भनेका छन्, ‘अतः बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेद्वारहरुको विजय सुनिश्चित गर्न कमरेडहरुको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गरेको छु । ’

पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार सबै पार्टी सदस्यहरुलाई निर्वाचन प्रचारमा सक्रियतापूर्वक लाग्नका लागि उत्साहित बनाउन अध्यक्ष ओलीले पत्र लेखेका हुन् । निर्वाचन फागुन २१ मा हुँदैछ । 

ओलीसँग एउटै मञ्चमा उभिन बालेनले गरे अस्विकार

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले ‘पब्लिक डिबेट’को लागि आफू तयार भएको बताइरहेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले त्यसलाई अस्विकार गरेका छन् । 

एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुमा लेखेको स्टाटसमा कमेन्ट गर्दै बालेनले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’

बालेनले लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो ! आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला ! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’

यस अघि भावि प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चुनावमा होमिएका नेताबिच पब्लिक डिबेट हुनुपर्ने माग भइरहेको समयमा ओलीले यसका लागि आफू तयार भएको बताएका थिए ।यस विषयमा कांग्रेस सभापति गगन थापाको अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

गुल्मी : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मीमा निर्वाचन प्रहरीमा आवेदन मागभन्दा कम परेको छ। जिल्लाभर मागभन्दा कम आवेदन परेपछि आवेदन दिने म्याद दुई दिन थप गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

जिल्लाभर नेपाल प्रहरीमा १ हजार ६ सय ९५ र सशस्त्र प्रहरी बलमा १ सय ७९ गरी कुल १ हजार ८ सय ७४ आवेदन खुला गरिएको थियो। तर हालसम्म नेपाल प्रहरीमा १ हजार ३ सय र सशस्त्र प्रहरी बलमा १ सय ४८ आवेदन मात्र परेको पाइएको छ। 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गङ्गा बहादुर सारुका अनुसार नेपाल प्रहरीमा ३९५ र सशस्त्र प्रहरी बलमा ३१ आवेदन कम परेको छ। दुवै विभागमा आवेदन दिएका केही छनोट प्रक्रियामा सहभागी नभएकाले अहिले ४ सय २६ जनाका लागि आवेदन खुला गरिएको छ। जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरेर आवेदन दिने म्याद फागुन १० र ११ गते थप गरेको हो। 

इच्छुक र योग्य नेपाली नागरिकहरूले जिल्ला प्रहरी कार्यालय, तम्घास, इलाका प्रहरी कार्यालय रिडी तथा इलाका प्रहरी कार्यालय पुर्कोटदहमा स्वयम् उपस्थित भएर आवेदन दिन सक्ने प्रहरी नायब उपरीक्षक सारुले जानकारी दिए। 

साथै, पुस २५ देखि माघ ३ सम्म विभिन्न कारणले फारम भर्न नसक्ने उम्मेदवारहरूले पनि यो थप म्यादभित्र उपस्थित भएर छनोट प्रक्रियामा सहभागी हुन सक्ने जनाइएको छ।

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेल र महेश्वर दाहालसहित ७ जनालाई पार्टीबाट निष्कासन गरेको छ । सिन्धुली–२ मा राजन दाहाललाई उमेदवार बनाएपछि विद्रोह गर्दै नेकपाका नेता दाहालले उम्मेदवारी दिएका थिए। उनले पार्टीले उम्मेदवारी फिर्ता गर्न दिएको निर्देशन नमानेको भन्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरेका हुन् ।

लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएका नेता गजुरेलले पार्टी निर्णयविरुद्ध उभिँदै सिन्धुली-२ मा बागी उम्मेदवार खडा गरेपछि राजनीतिक माहोल तातेको हो। दाहाल  प्रेस सेन्टरका पूर्वअध्यक्षसमेत हुन्।

पार्टीका आधिकारिक उमेदवारविरुद्ध उमेदवार उठ्ने र तिनका समर्थक र प्रस्तावकलाई कारबाही गरिएको नेकपाले जनाएको छ । नेकपाले सिन्धुलीका गजुरेल र दाहालसहित दाङका कुलप्रसाद के.सी., उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहलाई कारबाही गरेका हुन्।

केसीले मेटमणि चौधरीविरुद्ध वागी उम्मेदवारी दिएका हुन्। यसैगरीधर्मनाथ साह नेकपाबाट टिकट नपाएपछि पार्टी छोडेर सिरहा-४ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

यता दाहालले विज्ञप्ति जारी गर्दै गौरवपूर्ण इतिहास बोकेको सिन्धुलीले कम्युनिस्ट आन्दोलनको मूल्यविहीनता, मुद्दा विहीनता र जुन प्रकारको पतनको दिशातिर लागिरहेको कम्युनिस्ट आन्दोलनलाई पुनः आदर्श दिने कामका लागि आफ्नो उम्मेदवारी रहेको बताए।  उनले भने, ‘सिन्धुलीको कम्युनिष्ट इतिहासको एउटा साक्षी बागी भएर उठ्नु पर्दा गद्दार भनिएला तर कम्युनिष्ट आदर्श छाड्न सक्दिनँ ।’ 

उनले राजनीतिक चरित्रबाट तल गिरेको नेतृत्वको विरूद्धको वगावत भएको दाबी गरेका छन्। ‘सिन्धुली प्रजातान्त्रिक आन्दोलनको प्रारम्भमा नै बर्माबाट मार्क्सवादमा दीक्षित भएर आएका योद्धा एसबी राईले बासुदेव श्रेष्ठ लगायतका पुराना पिढीसँग मिलेर कम्युनिस्ट आन्दोलन शुरू गरेको ठाउँ हो यो । जुन बेला कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी दिशामा खुम्चिरहेको थियो त्यो बेलामा यहाँ दावानल शुरु गर्न ३० को दशकमा ऋषि देवकोटा आजाद, दुर्गा सुवेदी, दलबहादुर रजन मगर, सीपी गजुरेल, हरिबोल गजुरेल, ईश्वरी दाहाल, रामप्रसाद राई लगायत थुप्रै अग्रजहरूले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने प्रयास गर्नुभयो । त्यसपछि ४० को दशकमा राम कार्की लगायतले पनि यो माटोमा वामपन्थी आन्दोलनलाई मलजल गर्ने महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।’ उनले भने, ‘४० को दशकको अन्तिमतिर त्यतिबेलाका नवयुवा महेन्द्र श्रेष्ठ, शेरमान कुँवर, मोहनचन्द्र गौतम, कमल देवकोटा र उहाँहरूलाई अभिभावकत्व दिने चित्रनारायण श्रेष्ठ, खड्ग देवकोटा, दीर्घराज श्रेष्ठ जस्ता थुप्रै नेताले सिन्धुलीलाई जनयुद्धको ब्याडको रूपमा विकसित गर्नुभयो । त्यही परम्परालाई पछ्याएर हामी अगाडि बढेका छौँ । हाम्रो यो अहिलेको कदम कुनै बार्गेनिङका निम्ति, केही पद हत्याउनका निम्ति अथवा कुर्चीमा जानका लागि चालिएको कदम विल्कुल होइन । यो त पद्धतिविहीन बनेको, पथभ्रष्ट भएको, राजनीतिक चरित्रबाट तल गिरेको नेतृत्वको विरूद्धको वगावत हो ।’

काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आफ्नो उम्मेदवारी फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आग्रह गरेको छ। यसैबीच, निकट स्रोतका अनुसार नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि डा. भट्टराईलाई फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।

यसक्रममा डा. भट्टराईले फेसबुक लाइभमार्फत चुनाव नलड्ने घोषणा गरिसकेको जनाइएको छ। नेपाली कम्युनिस्ट पार्टीबाट यस क्षेत्रमा लेखनाथ न्यौपाने उम्मेदवार रहेका छन्।

यसैबीच, रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले डा. भट्टराईसँग उम्मेदवारी फिर्ता लिन सार्वजनिक रूपमा आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा डा. भट्टराईसँगको तस्बिर सार्वजनिक गर्दै लामो सन्देश लेखेका छन्। उक्त सन्देशमा पुराना दलहरूले व्यवस्था परिवर्तनका क्रममा हासिल गरेका उपलब्धिको संरक्षण गर्दै २१औँ शताब्दीमा आर्थिक समुन्नतिको बाटो नयाँ र वैकल्पिक राजनीतिक दलमार्फत मात्र सम्भव हुने अवधारणा डा. भट्टराईले अघि सारेको उल्लेख गरिएको छ।

वाग्लेले वैकल्पिक राजनीतिको जगमा आज राष्ट्रिय स्वतन्त्र पार्टीको उदय सम्भव भएको भन्दै पूर्वप्रधानमन्त्रीका रूपमा डा. भट्टराईले पार्टीलाई मार्गनिर्देशन गर्ने वरिष्ठ अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। साथै, फागुन २१ पछि रास्वपाको नेतृत्व वा सहभागितामा बन्न सक्ने संघीय सरकारको सुशासन, विकास तथा संक्रमणकालीन व्यवस्थापनमा डा. भट्टराईको अनुभव उपयोगी हुने उल्लेख गर्दै उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको छ।

रास्वपाले गोरखा क्षेत्र नम्बर २ मा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ। बुर्लाकोटी यसअघि पनि यही क्षेत्रबाट निर्वाचनमा सहभागी भई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पराजित भएका थिए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका थिए। गत मंगलबार उनले निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा वाग्लेले भट्टराईलाई रास्वपाको अभिभावक बनेर सहयोग गर्न प्रस्ताव राखेका हुन् ।

वाग्लेले भट्टराईले नै पुराना दलहरूको उपलब्धि संरक्षण गर्दै २१औं शताब्दीको आर्थिक समुन्नतिका लागि नयाँ शक्तिको परिकल्पना गरेको स्मरण गराए । उनले भट्टराईले बसालेको वैकल्पिक राजनीतिको जगमै रास्वपाको उदय, विस्तार र उचाइ सम्भव भएको दाबी गर्दै अबको बाटोमा रास्वपालाई सघाउन आग्रह गरे ।

पूर्वप्रधानमन्त्रीका रूपमा भट्टराईले रास्वपालाई मार्ग निर्देश गर्न वरिष्ठ अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने विश्वास वाग्लेले व्यक्त गरेका छन् ।

फागुन २१ पछि रास्वपाकै नेतृत्व वा सहभागितामा सङ्घीय सरकार बन्न सक्ने सङ्केत गर्दै उनले सरकारको राजनीतिक, प्रशासनिक तथा सुशासन र विकाससँग सम्बन्धित सङ्क्रमणकालीन व्यवस्थापनमा भट्टराईको अनुभव आवश्यक पर्ने बताए ।

भट्टराईको अनुभवबाट सिक्दै धेरै काम गर्न बाँकी रहेको भन्दै वाग्लेले आसन्न निर्वाचनमा उम्मेदवारी फिर्ता लिई उदारतापूर्वक रास्वपालाई सघाउन अनुरोध गरेका हुन् । उनले यसलाई अनुकरणीय देशभक्तिपूर्ण उदाहरणका रूपमा प्रस्तुत गर्न समेत भट्टराईलाई विशेष आग्रह गरेका छन् ।

काठमाडौं । मनाङ जिल्लामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता गराएका उम्मेदवारको उम्मेदवारी फिर्ता लिएका छन्।

मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका हुन्। एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङ उम्मेदवार दर्ता भएका थिए।यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट वर्तमान सांसद टेकबहादुर गुरुङ पुनः उम्मेदवार रहेका छन्। यसअघि पनि एमालेबाट पोल्देन छोपाङ गुरुङ नै उम्मेदवार थिए।

गत प्रतिनिधिसभा निर्वाचनमा मनाङमा तीन जना मात्र उम्मेदवार थिए। मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच भएको थियो। उक्त चुनावमा कांग्रेसका टेकबहादुर गुरुङले २ हजार ५७५ मत प्राप्त गर्दै विजयी भएका थिए भने एमालेका पोल्देन छोपाङ गुरुङले २ हजार २४७ मत ल्याएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीले ५ मत मात्र प्राप्त गरेको थियो।

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङ स्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन् । चुनावी अभियानमा पूर्वी नेपालमा रहेका शाहले आज बिहान पाथीभरा माताको दर्शन गरेका हुन । उनीसँगै अभियानमा खटेका प्रतिनिधि पनि पाथीभरा पुगेका हुन् । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शाह झापा ५ बाट चुनाव लड्ने छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।